

सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो
काठमाडौँ – स्थानीय बजारमा आज सुन को मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ । ्

