नेकपा विवाद २ नम्बर प्रदेशमाः मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको पराकम्पन २ नम्बर प्रदेशमा पनि परेको छ। संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका सांसदले हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

आइतबार संसदीय दलको बैठकमा उनीविरुद्ध बहुमत सांसदले अविश्वासको प्रस्तावमा समर्थन गर्ने बताइएको छ। मण्डल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन्।

प्रतिक्रिया