
स्कुल बसको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं सुनसरीको इटहरी उपमहानगरपालिका(१८, नयाँटोलमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया मेहरुन खातुनको मृत्यु भएको हो ।
बेबिलोन सेकेन्डरी बोर्डिङ स्कुलको को१क १८६६ नम्बरको बसले हिजो बिहान करिब साढे ७ बजे खातुनलाई ठक्कर दिएको थियो । खातुनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।



कागजपत्र |
