

स्थानीय तहको निर्वाचन : आयोगले गर्याे सर्वदलीय बैठक आह्वान

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनबारे छलफलका लागि निर्वाचन आयोगले चैत २२ गते राजनीतिक दललाई बोलाएको छ। आचारसंहिता कार्यान्वयनका लागि आयोगले राजनीतिक दलसँग छलफलका लागि बोलाएको हो।
गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमासमेत प्रकाशित भइसकेको छ। चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिवद्धता लिइने आयोगको भनाइ छ।

