एमाले भएर बस्नै दिएनन् : मन्त्री श्रेष्ठ


तनहुँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूहरुलाई एमालेमा बस्नै नदिइएको दाबी गरेका छन्। शनिबार तनहुँको भिमादमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पार्टी अध्यक्ष केपी ओलीले मिलेर बस्न नदिएका कारण बाध्य भएर नेकपा ९एकीकृत समाजवादी० गठन गर्नु परेको प्रष्टीकरण दिएका हुन्।

उनले काँग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको पनि बताए। ‘कांग्रेससँग मिल्नु हाम्रो रहर हैन, बाध्यता हो,’ मन्त्री श्रेष्ठले भने, ‘हामी त नेकपा एमाले भएरै बस्न चाहन्थ्यौँ । तर ओलीले बस्नै दिएनन्।’
उनले जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको पनि बताए।

प्रतिक्रिया