
भारतले बिजुलीको मूल्य घटायो, नेपाललाई राहत
काठमाडौं – भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ ।
भारतको विद्युत नियमन आयोगले यसअघि प्रतिनियुट भारु २०मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको हो । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।
यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्नसक्ने असररुहलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।



कागजपत्र |
