प्रधानमन्त्री देउवा र भारतीयमन्त्री जयशङ्करबीच भेवार्ता


नयाँदिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले औपचारिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रवारदेखि ३ दिने भारत भ्रमणमा छन् ।

देउवासँग भारतीय विदेशमन्त्री जयशंकर र विदेश सचिव हर्षवर्धन श्रृंगलाले नयाँदिल्लीमा भेट गरेका छन् ।यसअघि सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) अध्यक्ष जेपी नड्डाले देउवालाई स्वागत गरेका थिए ।

तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायतसँग शुक्रबार नयाँदिल्लीमा भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर लगायतले शिष्टाचार भेटवार्ता गर्दै । तस्वीर : रोशन सापकोटा/रासस

प्रतिक्रिया