जनताको भरपर्दो र विस्वासनिय पार्टी कांग्रेस बाहेक अरु छैन : प्रकाशमान सिँह


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहले कांग्रेस पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी निर्णय नमान्नेहरु पार्टी छाडेर जादा हुने बताएका छन् ।

कांग्रेस भित्र बसेर कांग्रेस कम्जोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिदा पार्टीलाई राम्रो हुने बताएका छन् । यसपटक चुनाव मा कांग्रेसका नेता कार्यकर्ता कस्ले के गरेको छ सबैको एक एक हिसाब हुने बताएका छन् । गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवस्यकता भएको बताएका छन् ।

संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले चुनाव सम्मै गठबन्धन कायमै रहने समेत बताएका छन् । स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने समेत बताएका छन् । पार्टी भित्रका केहि आफुलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धन बिरुद्ध बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको भन्दै पपुलर बन्ने नाममा पार्टीलाई क्षति पुर्याउने काम मात्रै भएको बताएका छन् । पार्टीभित्र एकथरि समुह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि ब्यक्तिगत रुपमा चरित्रहत्याको अभियानमा लागिरहेको बताएका छन् । उक्त समूह सामाजिक संनजाल र मिडिया मार्फत भ्रमको खेतिमा लागिरहेको समेत बताएका छन् ।

कम्युनिष्टहरु भर्पर्दो र बिस्वास गर्न लायका पार्टी नभएको बताएका छन् । मुलुमा भ्रम छरेर जन्तालाई पटक पटक अल्मल्याउने काम मात्रै भएकाले यिनले अवसर पाउँदा के गरे यसका बारे जनतालाई बुझाउन समेत कार्यकर्तालाई निर्देसन दिएका छन् । नेपाली जनताको भरपर्दो र विस्वासनियता भएको पार्टी कांग्रेस बाहेक अरु हैन भन्ने पटक पटकका घटनाक्रमले पुष्टी गरिसकेको समेत बताएका छन् । कांग्रेस सबैलाई समन्वय गर्न सक्ने, संकटमा निकास दिन सक्ने पार्टी भएको कुरा भर्खरै एमसीसी पास गराउने देखि संविधान जारि गर्दाको मात्रै कुरा गरे पनि पुष्टी हुने बताएका छन् ।

स्थानीय कमिटीले बिधिसम्वत उमेदवारि सिफारि गर्न नसकेर केन्द्र पठायर केन्द्रीय नेतादहरुलाई गालि गर्ने परम्परा यस पटकअन्त हुनु पर्ने बताएका छन् । पार्टी बिधानले दिएको अधिकार स्थानीय कमिटीले अक्षरशः पाल्ना गर्न सके उमेदवारि छनोटमा कसैको हस्तक्षेप नहुने बताएका छन् ।अब जनताको कर बैंक मा फिक्स डिपोजिट गर्ने र कमिसनमा रमाउने उमेद्वार छान्ने कि ब्यवस्थित शहर बनाउने जनप्रतिनिधि छान्ने भन्ने निर्णय लिने समय आएको बताएका छन् ।

प्रतिक्रिया