

पुटिन आफैले बनाएको पिँजडामा थुनिएको यूकेका रक्षामन्त्रीको भनाइ

युक्रेन – युक्रेनमाथि आक्रमणपछि रुस कमजोर देश बनेको यूकेका रक्षामन्त्री बेन वालेसले बताए। रुसी सेना थाकेको र उनीहरूको देशले ठूलो नोक्सान बेहोरेको उनको भनाइ छ।
उनले स्काई न्यूजसँग भनेस् ‘राष्ट्रपति पुटिन पहिले जस्तो शक्तिशाली छैनन् र उनी अब आफैले बनाएको पिँजडामा थुनिएका मानिस भएका छन्। रुसी सेनाको भव्य प्रतिष्ठा खेर गएको छ।’
युक्रेनमाथि आक्रमणको नतिजा मात्र नभई आफ्नै सेनालाई गरेको व्यवहारको नतिजा समेत भोग्न पुटिन बाध्य भएको वालेसले बताए। उनका अनुसार रुसी सेनाहरू पुनः सङ्गठित हुँदै युक्रेनको दक्षिण र पूर्वतिर आफ्नो ध्यान केन्द्रित गरिरहेको देखिन्छ।
‘हामीले उनीहरूको सङ्गठनलाई पहिले पनि देखेका छौँ र यसको नतिजा सधैँ खराब नै हुन्छ। यो धेरै मानिस भएको ठाउँतिर सोझिन्छ र नागरिकहरूमाथि आक्रमण गर्छ।’ बेलायतले रुसले जर्जियाबाट १,२०० देखि २,००० सेनालाई सुदृढीकरणका लागि ल्याउन लागेको बताएको छ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि युक्रेनमा रहेका रुसी सेनाले देशको पूर्वी क्षेत्रमा आफ्नो आक्रमणलाई दोबर बनाउन पुनः सङ्गठित भइरहेको बताए। ‘रुस पुनः समूह बनाउन, आपूर्ति सुरु गर्न र सुदृढीकरण गर्ने प्रयास गरिरहेको छ,’ उनले भने।
वालेसले अन्तर्राष्ट्रिय दाताहरू युक्रेनलाई थप सैन्य उपकरण र ‘घातक सहायताू प्रदान गर्न सहमत भएको जानकारी दिए, जसमा सशस्त्र सवारीसाधन र लामो दूरीको तोप र गोली समावेश छ।

