

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, चुनावी तालमेलबारे छलफल गर्ने

काठमाडौं – सत्ता गठबन्धन आबद्ध दलहरूको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रिय जनमोर्चाबाहेकका दलका नेताहरू सहभागी छन्।
बैठकमा आगामी स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ। सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।
बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबन्डाबारे छलफल हुने बताइएको छ । कांग्रेसले केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेपछि पहिलो पटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो ।

