गृहमन्त्रालयले गर्यो चार जिल्लाका सीडीओको सरूवा (को कहाँ पुगे विवरणसहित)


काठमाडौँ – गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ। गृहले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो ।

बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्र सीडीओ बनेर गएको गृह स्राेतले जनाएकाे छ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ ।

यसैगरी कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ । निर्वाचन नजिकिँदै गर्दा गृहले उच्च अधिकारी तथा प्रहरी प्रशासनमा व्यापक सरूवा गरिरहेको छ।

प्रतिक्रिया