पोर्चुगल विश्वकपमा छनोट, इटालीलाई हराउने म्यासेडोनिया बाहिरियो


काठमाडौँ- पोर्चुगल कतार विश्वकप फुटबल २०२२ का लागि छनोट भएको छ। मंगलबार राती प्लेअफको फाइनलमा उत्तर म्यासेडोनियालाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकप यात्रा तय गरेको हो।

पोर्चुगलको जितका निर्णायक दुबै गोल ब्रुनो फर्नान्डेजले गरेका हुन्। पहिलो गोल ३२औं मिनेटमा गरेका फर्नान्डेजले ६५ मिनेटमा दोस्रो गोल गर्दै सहज जित दिलाए।

युरोकप विजेता इटालीलाई पहिलो प्लेअफमै रोकेको म्यासेडोनिया पोर्चुगलको घरेलु मैदान एस्टाडियो डो ड्रगाओमा २-० ले पराजित भएसँगै विश्वकपको दौडबाट बाहिरिएको छ।

पोर्चुगल भने छैटौंपटक विश्वकपमा छनोट भएको छ। विश्व फुटबलमा सर्वाधिक गोल गरेका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्न थालेको यो पाँचौं विश्वकप हो। संभवत ३७ वर्ष पुगेका रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुनेछ। यसकारण उनी विश्वकप जितेर अन्तर्राष्ट्रिय करियरलाई बिट मार्ने लक्ष्यमा छन्।

प्रतिक्रिया