मकवानपुरमा स्थानीय निर्वाचनको सुरक्षा तयारी गरिँदै


मकवानपुर – स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ । जिल्लाका १६५ निर्वाचन स्थललाई ३ भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेका अनुसार निर्वाचनका लागि १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८६ सामान्य गरी मतदान स्थललाई विभाजन गरिएको छ । राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाका केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उनले बताए । जिल्लामा ३५९ निर्वाचन केन्द्र रहेका छन् ।

विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा प्रशासनले केन्द्र विभाजन गरेको हो । यसै हप्ताभित्र निर्वाचन स्थल तथा केन्द्रका लागि आवश्यक पर्ने तयारी गरिने सीडीओ पाण्डेले बताए ।

संघीय सरकारले स्थानीय तहको निवार्चनको एकीकृत सुरक्षा नीति तयारी गरिसकेकाले काम गर्न सहज हुने जानकरी दिँदै उनले मतदानस्थलको संवेदनशीलताका आधारमा विशेष सुरक्षा योजना बनाएर लागू गरिने बताए । ‘निर्वाचनलाई मध्यनजर गरी राजनीतिक दलसँग निरन्तर संवाद र छलफल भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया