सर्वाेच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई न्यायाधीश नियुक्त गरिएको जनाएका छन् ।

प्रतिक्रिया