

परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी जयशंकरबीच कोलम्बोमा भेटवार्ता

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो ।
दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् ।
‘हामीबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा पनि जोड दिने विषयमा समेत छलफल भएको छ,’ भारतीय विदेशमन्त्रीले ट्विट गर्दै भनेका छन् ।
बिम्सटेक बैठक के दौरान नेपाल के विदेश मंत्री नारायण खड़का से मुलाकात करके अच्छा लगा।
कनेक्टिविटी, ऊर्जा, उर्वरक, स्वास्थ्य और बिजली में आपसी सहयोग पर चर्चा की।
रामायण सर्किट की प्रगति पर ध्यान देने पर सहमति बनी। https://t.co/wKPHZVZ3G1
— Dr. S. Jaishankar (@DrSJaishankar) March 29, 2022

