
बाँकेमा टिपरको ठक्करबाट ७० वर्षीय वृद्द मृत्यु
बाँके – बाँकेमा टिपरको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ।
नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकमा ठक्कर दिँदा स्थानीय ७० वर्षीय बिरबल भण्डारीको मृत्यु भएको हो।
मंगलबार बिहान साढे ८ बजेतिर कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले भण्डारीलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताए।
चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
