वडाध्यक्षको बदमासी : चिन्डीमाया तामाङ यसरी बनिन् विममाया


काठमाडाैँ- संखुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङको नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत २२ फागुनमा जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी पर्यो।

त्यस दिन भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजनाविरुद्ध जालसाजी, कीर्ते र ठगी गरेको आरोपमा उजुरी परेको थियो।

गत १ र २ फागुनमा स्थानीय दलबहादुर तामाङको नाममा रहेको करिब ३ करोड रुपैयाँ मुआब्जा आउने कित्ता नं. २७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा हत्याउन षड्यन्त्र भएको देखिन्छ।

जग्गा जालसाजी प्रकरणमा पक्राउ परेका वडाध्यक्ष भोटे मृतकको नाममा कीर्ते नागरिकताको प्रतिलिपि लिने काममा समेत संम्लग्न देखिएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया