वाणिज्य बैंकहरुको निक्षेप संकलन बराबर नै कर्जा लगानी


काठमाडौँ-  चैतको दोस्रो साता बैंकहरुको कर्जा र निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत चैत ४ गतेदेखि १२ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले २ अर्बले निक्षेप संकलन गर्दै सोही दरमा कर्जा लगानी गरेका हुन् । चैत महिना लागेपछिको ४ दिनमा भने कूल निक्षेप ५ अर्ब र कर्जा लगानी ४ अर्बले घटेको थियो ।

नेपाल बैंकर्स संघलेको तथ्याङ्क अनुसार चैत १२ गतेसम्म वाणिज्य बैंकहरुको कूल निक्षेप २ अर्बले बढेर ४३ खर्ब ३० अर्ब पुगेको छ । चैत ४ गतेसम्म कूल निक्षेप ४३ खर्ब २८ अर्ब थियो । फागुन मसान्तसम्म भने कूल निक्षेप ४३ खर्ब ३३ अर्ब रहेको थियो । माघ मसान्तसम्म उक्त कूल निक्षेप ४३ खर्ब ११ अर्ब थियो ।

बजारमा तरलता अभावको चाप बढेसँगै बैंकहरुले कर्जा लगानीमा कडाई गर्दा अघिल्लो हप्ताको तुलनामा सो हप्ता लगानी केही घट्न पुगेको थियो । तर, पछिल्लो हप्ता लगानीमा केही खुकुलो नीति लिएसँगै पुनः बैंकहरुको कर्जा लगानी बढेको छ ।

कर्जा लगानी  २ अर्बले बढेर ४१ अर्ब ७० अर्ब पुगेको छ । चैत ४ गतेसम्म भने कूल निक्षेप ४१ अर्ब ६८ अर्बमा झरेको थियो ।  फागुन मसान्तसम्म भने कूल कर्जा लगानी १७ अर्बले बढेर ४१ खर्ब ७२ अर्ब थियो । माघ मसान्तसम्म उक्त लगानी ४१ खर्ब ५५ अर्ब रहेको बैंकर्स संघको तथ्याङ्कमा उल्लेख छ ।

बैंकर्स संघका अनुसार पछिल्लो साता २७ वाणिज्य बैंकको सीडी रेसियो ९१ प्रतिशत भन्दा माथि छ । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश बैंकले सीडी रेसियोलाई सीमाभित्र कायम राख्न सकेका छैनन् ।

प्रतिक्रिया