संघीय सांसद गुप्ता र प्रदेश सांसद श्रीवास्तवलाई पार्टीमा भित्र्याउन ओली कपिलवस्तु जाँदै


काठमाडौं स् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै छन्। प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली कपिलवस्तु जान लागेका हुन्।

एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले जानकारी दिए।

चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव सहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको अधिकारीले बताए।

अध्यक्ष ओलीले आज बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। भैरहवाको कार्यक्रम सकेर दिउँसो उनी तौलिहवा जानेछन्।

 

प्रतिक्रिया