

भारतीय विश्लेषक लेख्छन् : सभापतिमा जिताएकोमा धन्यवाद दिन देउवा दिल्ली आउँदैछन्

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रणको औपचारिक तालिका सार्वजनिक नहुँदै भारतीय प्राध्यापक एसडीमुनीले ट्विटरमार्फत भ्रमणबारे लेखेका छन् । उनले देउवाको भारत भ्रणलाई व्यक्तिगत राजनीतिक भ्रमणको संज्ञा दिएका छन् । उनले भारतलाई धन्यवाद भन्न देउवा भ्रमणमा जान लागेको उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको अप्रत्यक्ष सन्देश व्यक्तिगत राजनीतिक र कांग्रेसको सांगठनिक नेतृत्वमा पुनर्स्थापित हुन सहयोग गरेकोमा दिल्लीलाई धन्यवाद दिनु हो,’ आइतबार मुनीले लेखेका छन्, ‘उनले भारतसँग संसदीय चुनावमा पनि समर्थनको अपेक्षा राखेका छन् ।’

