कांग्रेस केन्द्रिय समिती बैठकमा अर्थमन्त्री शर्माको राजीनामा माग


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । आइतबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

उनले व्यापार घाटा बढेकाे, अर्थतन्त्र ओरालाे लागेकाे तर सुधारकाे प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने बताए । “अर्थमन्त्री असक्षम भइसक्नुभयो । त्यसैले उहाँलाई गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्दछ । वा उहाँको राजीनामा माग्नुपर्छ भनेर मैले बैठकमा आफ्नो कुरा राखेको छु,” उनले भने ।

देशको अर्थतन्त्र नै दुर्घटनाको डिलमा पुग्दा समेत उक्त संकटसंग जुध्न कुनै योजना ल्याउन नसकेको र मन्त्री शर्माकै अदुरदर्शिताका कारण नै अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको निष्कर्षमा प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस पुगेको छ । त्यस्तै शर्माले जन अपेक्षा अपुरुप काम गर्न नसकेको भन्दै उनकै दल माओवादी भित्र पनि असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया