


कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको हो।
सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारी र संसदीय समिति गठनबारे छलफल गर्न बैठक बोलाएका हुन्। शुक्रबारदेखि जारी बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ।
त्यसक्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक-फरक मत राखिरहेका छन् । शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए। आइतबार बाँकी रहेका ५६ जिल्लामा खटिएका केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम रहेको छ।

