
आज गाेरखा जाँदै प्रचण्ड
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज गाेरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।
प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।
अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् । प्रचण्ड गठबन्धन गर्नुपर्ने बताउँदै जाेडताेडका साथ लागिरहेका छन्।



कागजपत्र |
