रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी


काठमाडौ – रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

रोहितले शुक्रबार पपुवा न्यु गिनीविरुद्ध शतक हानेका हुन् । उनले ९१ बलमा सय रन पूरा गरेका हुन् । ९६ बलमा ७ चौका र ३ छक्कासहित रोहित ११० रन बनाएर खेलिरहेका छन् ।

यसअघि नेपालका लागि पारस खड्काले सन् २०१९ जनवरी २८ मा शतक प्रहार गरेका थिए ।

यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने रेकर्ड उनको नाममा मात्र थियो । युएईविरुद्ध पारसले १०९ बलमा ११५ रन बनाएका थिए ।

प्रतिक्रिया