कस्तो रहला अबको तीन दिनको मौसम ?


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा समान्यतया मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुासार आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी पौष १७ गते प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने राती प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै पौष १८ गते लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यता, सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

रतको समयमा देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया