केन्द्रीय समिति बैठकअघि पौडेल समूहको छुट्टै भेला


काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।

आफ्नै निवास बोहराटारमा आज शुक्रबार बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाएका हुन् ।

स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाउका हुन् । गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बसेका थिए ।

पौडेलले जिल्ला सभापति भेला राखेर आफ्नो गुट कायमै रहेको सन्देश दिन खोजेका थिए । उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनका बेला आफूनिकट दुई नेतालाई उम्मेदवार बनाएका थिए।

पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकअघि जिल्ला सभापति भेला राखेका हुन् । शुक्रबार दिउँसो २ बजे सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।

प्रतिक्रिया