


भिटाेफकाे अध्यक्षमा पाण्डे र काेषाध्यक्षमा उप्रेतीलाई मतदान गर्न आव्हान

काठमाडौं- गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटाेफ)काे नयाँ नेतृत्व चुनावी प्रक्रियाबाटै टुंगिने भएकाे छ। यसका लागि नेपाली कांग्रेसनिकट पर्यटन व्यवसायीहरूकाे संगठन पर्यटन व्यवसायी संघ नेपाल(निट)ले अध्यक्षाकी उम्मेदवार जस्फा पाण्डे र काेषाध्यक्षकी उम्मेदवार गाैरी उप्रेतीलाई मतदान गर्न आव्हान गरेको छ ।
निटका सह- अध्यक्ष रामशरण थपलियाले समावेशी, महिला शक्तिकरण र साङ्गठनिक परिवर्तनका लागि दुई उम्मेदवारलाई मतदान गर्न आव्हान गरेका हुन।
भिटोफको अध्यक्षमा पाण्डे र गोपाल थापा चुनावी मैदानमा छन् भने कोषाध्यक्षमा उप्रेती र शकुन्तला देवकोटा मैदानमा उत्रिएका छन् । पाण्डे र उप्रेती दुवै पर्यटन क्षेत्रमा लामाे समयदेखि सक्रिय व्यवसायी हुन् । भिटोफको यात्रामा सदस्य देखि सचिव, महासचिवको जिम्वेवारी बहन गरिसकेकी पाण्डेले यस पटक अध्यक्षमा जिताउन सामाजिक सञ्जाल मार्फत सम्पूर्ण सदस्यहरुसंग आग्रह गरेकी छिन्

