नेविसंघ अध्यक्ष शेर्पाले आज पदभार ग्रहण गर्ने


काठमाडौं – नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज पदभार सम्हाल्ने भएका छन् । दिउँसाे ११ बजे पूर्वअध्यक्ष राजीव ढुँगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन् । कांग्रेसले बुधबार शेर्पालाई नेविसंघकाे अध्यक्ष नियुक्त गरेकाे हाे ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअध्यक्ष ढुँगानाले अनामनगरस्थित संघकाे कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघकाे निर्वाचन सम्पन्न भएकाे ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएकाे छ ।

प्रतिक्रिया