योगले मानवलाई तन्दुरुस्त बनाउँछ : वरिष्ठ नेता पौडेल


दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पु¥याउने बताएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उनले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्छ भने । उनले भने, ‘योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।’

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताए । उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिकरूपमा योग गर्नुपर्नेमा जोड दिए । यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।

प्रतिक्रिया