प्रकाशमान भन्छन् – सिनियर नेतालाई गाली गरेर ताली खाने गलत संस्कार हटाउनु पर्छ


हेटौंडा – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आन्तरिक निर्वाचनमा आफुले चाहे जस्तो नतिजामा नआएपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा पार्टीका सिनियर नेताहरुलाई गाली गलौज गरेर ताली खाने गलत संस्कारलाई हटाउनु पर्ने बताएका छन् ।

बागमति प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेस प्रदेश कार्यलय उद्घाटन कार्यक्रममा नेता सिंहले पार्टीका केहि नेताहरुमा राजनीतिक संस्कार नदेखाई सिनियर नेतामाथि गालि गलौजमा उत्रिएर तालि खाने भाषण गर्दै हिँड्दा पार्टीलाई हित नगर्ने बताए ।

‘केहि जिम्मेवार नेताहरु सार्वजनिक र सामाजिक संजालको प्रयो गरी गलत भ्रम फिजाउन लाग्नु कांग्रेसका लागि के राम्रो हो ?’ पार्टीका पूर्वमहामन्त्री सिंहले प्रस्न गरे, ‘पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई दिलएर अतिरंजित अभिव्यक्ति नदिई यसलाई स्वभाविक रुपमा लिनु पर्छ । अब विधिसम्मत पार्टी निर्माणमा सबै लाग्नु पर्छ ।’

विद्युत र सडक निर्माणको लागि आएको अमेकिकी अनुदान एमसीसीलाई लिएर गठबन्धनका केहि दलहरूले दोहोर चरित्र देखाएको सिंहले आरोप लगाए ।

नेता सिंहले कांग्रेस जतिको भरोसाको पार्टी अरू नभएको दाबी गर्दै भने, ‘अरू पार्टीहरु सरकारमा बस्छन्, एमसिसि ठिक छ भन्छन्, एमसीसीलाइ चिठि पनि लेख्छन अनि पास गर्ने बेलामा एमसीसी राष्ट्रघाती छ भन्छन्, यो कस्तौ चरित्र हो ?’

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताए । ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । अर्कोले पार्टीको जिल्ला कार्यसमितिलाई जिम्मेवारी दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि केन्द्रीय कार्यसमितिले उपयुक्त निर्णय गर्ने बताए ।

प्रदेस नेताहरुलाई घर घरमा पुगेर जनताको मन जित्ने र कांग्रेस उमेदवारलाई जिताउन लाग्न समेत सिंहले निर्देसन दिए ।

कार्यक्रममा कांग्रेसको बागमती प्रदेश सभापति ईन्द्र बहादुर वानियाँले अब तेरो मेरो नभनी बिधानसम्वत रुपमा उमेदवार तय गरिने भन्दै आफुहरु अब बागमती प्रदेशका सबै उमेदवारलाई जिताउन केन्दित हुने बताए ।

प्रतिक्रिया