


आईसीसी विश्वकप क्रिकेट : युएईसँग नेपाल पराजित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।
दुबई क्रिकेट रंगशालामा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै आरिफ शेख र सोमपाल कामीले १५/१५ रन बनाउँदा बिनोद भण्डारीले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेकाे थियाे । यूएईसँगको पहिलो खेलमा पनि ४८ रनले पराजित भएको थियो ।

