प्रधानमन्त्री देउवा नगरपालिकाकाे कार्यक्रममा सहभागी हुन माेरङ जाँदै


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि सोमवार मोरङ जाने भएका छन् । उनी माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन भाेलि त्यता जान लागेका हुन् ।

सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा भाेलि बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुने छन्। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी उनले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर तामाङले बताए ।

प्रतिक्रिया