झलनाथको निर्वाचन क्षेत्रमा सम्बोधन गर्न ओली इलाममा


काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आइतवार इलाम पुगेका छन् । नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिकलमा हुने सभामा सहभागी हुन ओली झापा हुँदै इलाम पुगेका हुन् । उनीसँगै उपाध्यक्ष सुवास नेम्वाङ पनि सहभागी छन् ।

एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए ।

खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो । पार्टीको नीति विचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

प्रतिक्रिया