जनमतको अपमान गरेपछि गठबन्धनको निर्माण भयोः नेता सिंह


काठमाडौं — नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले केपि ओलिले पाएको जनमतको अपमान गरे संविधान बिपरित चलेपछि बर्तमान गठबन्धन  निर्माण भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १० ले किर्तिपुरमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिहले उक्त कुरा बताएका हुन् ।

यो गठबन्धन कांग्रेस को चाहाना नभई मुलुकलाई  निकास दिन समयको माग र मुलुको आवस्यकता का आधारमा  निर्माण भएको बताएका छन् । स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने बिषयमा कार्यकर्ताको सल्लाहका आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धारणा ल्याउने समेत बताए ।

कांग्रेस त बिपक्षी दलकै रुपमा काम गरिरहेको थियो भन्दै केपि ओलि सरकारले गरेको असंबैधानिक कदमबाट मुलुक लाई निकास दिन समय को माग बमोजिम कांग्रेसले जिम्मेवारी लिएको भन्दै आफ्नो असक्षमता लुकाउन अनावश्यक हल्ला चलाईएकाले तिनको पछि नलागि जन्ताको घर घरमा पुगेर बास्तबिकता बुझाउन समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

मुलुकमा संकट पर्दा कांग्रेसको काँधमा जिम्मेवारी आउने गरेको र संकटबाट मुलुकलाई निकास दिन कांग्रेसले कुशलतापूर्वक नेतृत्व गरेर देखाए भन्दै अरु जस्तो सत्ता हुदा एउटा कुरा सत्ता बाहिर हुदा अर्को कुरा गरेर जनतालाई भ्रममा राख्ने काम कांग्रेसले नगर्ने समेत बाए ।

फरक प्रंसगमा बोल्दै श्रेष्ठले कम्युनिस्टहरु भ्रमको खेती गर्न सिपालु भएको बताउँदै कांग्रेस जनप्रतिनिधि र कांग्रेसको अगुवाइमा भएका कामका बारे प्रचार–प्रसार गरेर कांग्रेसको पक्षमा मत माग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया