
अफगानिस्तानमा तालिबानी सरकारले छात्रालाई पनि विद्यालय जान दिने
एजेन्सी- अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ। सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो।
उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए। तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन्। आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसंघले धन्यवाद ज्ञापन गरेको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका छन्।



कागजपत्र |
