उद्देश्य नखुलाई विदेश हिँडेका ११ जनालाई अध्यागमनबाट फिर्ता


काठमाडौं – भिजिट भिसामा विदेश हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ।

भ्रमण उद्देश्य नखुलाई दुबई, न्युजिल्यान्ड, दक्षिण कोरिया, कम्बोडिया र घाना हिँडेका उनीहरुलाई अफलोड गरिएको अध्यागमन कार्यालयले जनाएको छ।

कार्यालयले युएई जाने सोलुखुम्बुका पासाङ लामा, झापाका प्रभा तामाङ, खर्घाखाँचीका विक्रम आले, सुनसरीका लक्ष्मी बम, मोरङका सागर नेपाल, धादिङका अरुण राना र स्याङजाका सुन्दरी पाण्डे रहेका छन्।

त्यस्तै घाना हिँडेका दाङका मदन नेपाली, कम्बोडिया हिँडेका नुवाकोटका गणेश तामाङ, दक्षिण कोरिया हिँडेका ओखलढुंगाका पासाङ दावा शेर्पा र न्युजिल्यान्ड हिँडेका बागलुङका मनिस चन्द रहेका छन्।

उनीहरुको भ्रमण उद्देश्य स्पष्ट नभएको र आवश्यक कागजात पेश गर्न नसकेको अध्यागमन स्रोतले जनाएको छ।

प्रतिक्रिया