यी व्यक्ति अब भिजिट भिसामा खाडी मुलुक जान पाउने, यस्ताे छ गृहकाे संशोधित् निर्णय


काठमाडौं – खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो ।

भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई सोमबारदेखि लागू हुने गरी रोक लगाउने निर्णय गृह मन्त्रालयले शुक्रवार गरेको थियो। अब खाडी राष्ट्रबाहेक कम्तीमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने भनेको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने भनिएको छ । तर नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने भनिएको छ ।

प्रतिक्रिया