यस्तो छ आजको मौसम


काठमाडाैँ – हाल नेपालमा उल्लेखनीय मौसमी प्राणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

दिउँसो पनि देशका पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीको असरबाट बच्न भन्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

प्रतिक्रिया