बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँ पाँच लाख धरौटीमा रिहा


सुर्खेत – नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन ।

बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् ।

घरौटीमा रिहा भएका बानियाँले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया