

काठमाडौंका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ ।
ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ ।
होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो ।
प्रहरी प्रशासनले सतर्कता अपनाएर होली खेल्न सबैलाई आग्रह गरेको छ ।

