‘राज्यबाट घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित’


काठमाडौं – नेपाल घरेलु तथा साना उद्योग महासंघले घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित गरेको गुनासो गरेको छ । हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकाे थियाे ।

मुलुकको निर्यातको ६० प्रतिशत घरेलु तथा साना उद्योग क्षेत्रले योगदान पुरा भएपनि राज्यले भने अझैपनि उपेक्षित गरेको गुनासो गरेको हो ।पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हाल ४ लाख ८७ हजार ६ सय ४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा रहेको जानकारी दिए ।

उनले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको बिद्युतिय तथ्याङ्क अध्यावधिक गर्ने योजना रहेको बताए । त्यस्तै उनले सात वटै प्रदेशमा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरि उद्यमीहरुलाई सहूलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजिकरण गर्ने पनि बताए ।

नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने उल्लेख गरे । महासंघमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

प्रतिक्रिया