सर्वोच्चका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान


काठमाडौं – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषदबाट आएका विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताए ।

उनले यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालालाई जारी गरिने बताए ।

 

प्रतिक्रिया