जसपाको केन्द्रीय समिति बैठक सुरु


काठमाडौं – जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हिजाे (आइतबार) देखि सुरू भएकाे केन्द्रीय समिति बैठक आज दोस्रो  बैठक सुरु भएको हो ।

पहिलो दिन हिजो (आइतबार) को बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया