

कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

राजविराज – नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।
सप्तरीको राजविराजमा हिजो(बिहीबार) सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका भएका हुन् ।
साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरेका थिए ।

