
वनस्थलीबाट गैंडाको खाग चोरीमा संलग्न प्रजा पक्राउ
काठमाडौं – महानगरीय प्रहरी वृत्त, बलाजुको टोलीले गैंडा मारेर खाग चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा रहेका छन्।
हाल काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्दै आएका प्रजालाई मंगलबार वनस्थलीबाट नै पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।
डिएसपी मिश्रका अनुसार वृत्त बालाजुबाट सादा पोसाकमा खटिएको प्रहरीले प्रजालाई पक्राउ गरेको हो। उनलाई थप कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाएइको मिश्रले बताए।
गत असारमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग चोरी गरेको घटनामा प्रजा संलग्न थिए। त्यसपछि उनी फरार रहँदै आएका थिए।



कागजपत्र |
