युवामा असल कर्म र श्रमप्रति विश्वास हुनुपर्छ : मन्त्री गहतराज


भक्तपुर – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले युवामा असल कर्म र श्रमप्रति विश्वास हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्को सातौँ स्थापना दिवसको अवसरमा बिहीवार भक्तपुरमा आयोजित नेपाली युवाको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले नेपाली युवामा श्रमप्रति विश्वास हुनुपर्ने बताए ।

देशमा युवाहरुका निम्ति धेरै अवसर भएको भन्दै उनले युवा उद्यम तथा व्यवसायमा लाग्नुपर्नेमा जोड दिए । युवा असल कर्ममा लाग्नुपर्ने उनको भनाइ छ । उनले नेपालमा केही राम्रो उपभोग्य वस्तु उत्पादन गरेर दुई ठुला छिमेकी मुलुकलाई ग्राहक बनाउन सकेमा ठुलो आर्थिक उपार्जन हुनसक्ने बताए ।

उनले युवाले सधैँ सकारात्मक सोच्नुपर्ने र सफलताको बाटोतर्फ अगाडी बढ्नुपर्ने बताए । अघिल्लो पुस्ताले देशमा राजनीतिक परिवर्तन गराएर अहिले देशमा युवाका निम्ति केही गर्ने वातावरण बनेकाले युवा निराश हुनुनपर्ने मन्त्री गहतराजले बताए ।

प्रतिक्रिया