महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तको भिड (फाेटाेफिचर)


काठमाडौं – आज मङ्गलवार महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र सर्वसाधारण मानिसको भिड लागेको छ।

शिवरात्रिका दिन भारत लगायत देशका विभिन्न स्थाबाट साधुसन्त र भक्तजन आउने गरका छन् । भक्तजनका लागि पशुपतिनाथ मन्दिर क्षेत्रलाई तयार गरिएको छ ।

काठमाौंस्थित पाशुपत क्षेत्रमा हरेक वर्ष शिवरात्रिको अवसरमा देश तथा विदेशबाट लाखौँ दर्शनार्थी आउने गरेका छन् । भारत र नेपालमा धेरै साधुहरू पशुपतिनाथ मन्दिर क्षेत्रमा केही दिन अगाडिदेखि नै आइपुगेका थिए ।

यो वर्ष शिवरात्रिका लागि धेरै साधुसन्तहरू केही दिन अगाडिदेखि नै आइपुगेका थिए । यसपालि आठदेखि दश लाख दर्शनार्थी पशुपति क्षेत्र पुग्ने अनुमान छ ।

कोभिड महामारीका कारण गत वर्ष सामान्य ढङ्गले मनाइएको महाशिवरात्रि यसपालि कोभिड पूर्वको अवस्थामा जस्तै हुने अपेक्षा छ ।  कोभिड महामारीका कारण गत वर्ष सामान्य ढङ्गले मनाइएको महाशिवरात्रि यसपालि कोभिडपूर्वको अवस्थामा जस्तै हुने अपेक्षा छ ।

यो वर्ष थुप्रै सङ्ख्यामा शिवरात्रि अगाडि नै साधु तथा साध्वी पशुपात क्षेत्रमा भेला भएका छन् । पशुपति क्षेत्रमा भेला हुने साधुसन्तहरू विभिन्न सम्प्रदायका छन् । पशपतिनाथ मन्दिर परिसरभित्र नागा साधु र साध्वीको बाहुल्य छ भने बाहिर अन्य सम्प्रदायका साधुसन्तहरू देखिन्छन्

भगवान् शिवको जन्मदिनका रूपमा शिवरात्रि मनाउने गरिन्छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा सोमवार पशुपतिनाथ मन्दिर क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो । महाशिवरात्रिको पूर्वसन्ध्यामा सोमवार पशुपतिनाथ मन्दिर क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो भने मङ्गलवार बिहानै देखि हजारौँ ।

मानिसहरू मन्दिरमा दर्शन गर्न जान पङ्क्तिबद्ध हुन थालेका थिए ।

 

प्रतिक्रिया