

संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला

काठमाडौं – नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो ।
मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जानकारी दिएको छ । अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोग गराइएको छ ।

