एमसीसी पारित गर्न भागदाैड, देउवा पुनः ओली निवास बालकोटमा


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेका छन् ।

अमेरिका सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरूबीच कुनै निष्कर्ष ननिस्ककेका बेला नेताहरूबीच दौडधुप चलिरहेको छ । यही क्रममा प्रधानमन्त्री बालकोट पुगेका हुन् ।

हालको सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति नजुटेपछि अर्को गठबन्धनको कसरत भइरहेको छ । कांग्रेस र एमालेबीच गठबन्धन हुने विषयले राजनीति तरंगित बनेको छ ।

यसअघि पनि देउवा श्रीमती आरजू राणासहित बालकोट पुगेका थिए । एक हप्तामा देउवा दोस्रो पटक बालकोट पुगेका हुन् ।

प्रतिक्रिया