

सेयर बजारमा उच्च गिरावट, कारोबार रकम ४ अर्ब २९ करोडमा सिमित

काठमाडौँ – साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ । दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँमा सिमित भएको छ ।
बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो । आज बैंकिङ ३०, ब्यापार ५०, होटल तथा पर्यटन ४८, विकास बैंक ११५, जलविद्युत् ९०, फाइनान्स ६९, निर्जीवन बीमा २४५, उत्पादन १२९, अन्य ६५, माइक्रोफाइनान्स १०९, जीवन बीमा ४१८ र लगानी उपसमूह २ अंकले घटे । १५८ कम्पनीको मूल्य घट्दा ६ को बढ्यो । आज हिमालयन जनरल इन्स्याेरेन्सकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ ।
कम्पनीकाे सेयरमूल्य ९.९१ प्रतिशतले बढेर ७ सय ६५ रूपैयाँ पुगेकाे छ । बढेका अरुको मूल्यवृद्धि २ प्रतिशतभन्दा मुनि रह्यो । युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाा सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घट्यो । कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, नेपाल टेलिकम, जीवन विकास लघुवित्त अगाडि रहे । नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे २६ कराेड ९७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

